site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपालमा बाढीपहिरोबाट क्षतिप्रति पाकिस्तानी प्रधानमन्त्रीले गरे दुःख व्यक्त
इलाममा हालैको पहिरोको दृश्य ।

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफले हालैको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

“नेपालमा बाढी र पहिरोबाट भएको जनधनको व्यापक क्षतिबाट म ज्यादै दुःखी छु । म शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । यो कठिन क्षणमा पाकिस्तान सरकार र जनता नेपाल सरकार र नेपाली जनताका साथमा छन्,” सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन् । रासस

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  १२:३९
प्रतिक्रिया दिनुहोस्