site stats
बाह्रखरी :: Baahrakhari
देश
यी नौ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध छ । ललितपुर, संखुवासभा, इलाम, भोजपुर, रसुवा, काभ्रेपलाञ्चोक र सिन्धुलीमा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ललितपुरमा कान्ति लोकपथ अवरुद्ध भएको हो । मंगलबार (असोज २१) करिब साढे ६ बजे गोदावरी नगरपालिका–६, तीनपाने र टीकाभैरवको बीचभागमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

संखुवासभाको भोटखोला गाउँपालिका–४, वरुणखोलामा लामो समयदेखि कोसी राजमार्ग अवरुद्ध छ । संखुवासभाकै मकालु गाउँपालिका–३, एकुवामा पनि यसअघिदेखि नै कोसी राजमार्ग अवरुद्ध छ ।

इलामको इलाम नगरपालिका–९, राजदुवालीलगायत स्थानमा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१, श्रीदलीमा मध्यपहाडी लोकमार्ग अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ का तीन स्थानमा पासाङल्हामु सडकखण्ड अवरुद्ध छ । गोसाइँकुण्ड–५, स्याफ्रुबेसीमा पनि पासाङल्हामु सडकखण्ड अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

काभ्रेको रोशी गाउँपालिका–११, माम्तीखोला, डालाबेसी, बुल्ढुंगा, बाँझोखेतलगायत स्थानमा बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–१, नेपालथोकमा पनि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान ९ बजेसम्मको अपडेटमा अरू केही स्थानमा सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

अवरुद्ध सडकको सूची हेर्नोस्–

fidasg-1759811408.jpg
 

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  १०:१५
प्रतिक्रिया दिनुहोस्