site stats
बाह्रखरी :: Baahrakhari
देश
यी राजमार्ग छन् अवरुद्ध (सूचीसहित)

काठमाडौं । बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । अविरल वर्षासँगै आएको बाढी र पहिरोले विभिन्न राजमार्ग अवरुद्ध भएका हुन् । 

राजमार्ग अवरुद्ध हुँदा सडक यातायात सेवा ठप्प भएको छ । सडक विभागका अनुसार कोसी लोकमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । 

मध्यपहाडी राजमार्ग र सिद्धिचरण लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । बीपी राजमार्ग पनि अवरुद्ध हुँदा सवारी आवागमन ठप्प भएको छ । 

अरनिको राजमार्ग पनि विभिन्न ठाउँमा अवरुद्ध भएको छ । कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडकखण्ड दुईतर्फी नै अवरुद्ध भएको छ । मुख्य राजमार्ग र सडकखण्डमा अवरोध हुँदा यात्रु मारमा परेका छन् । 
sadak-1759716550.jpg
 

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  ०७:५५
प्रतिक्रिया दिनुहोस्