विराटनगर । अविरल वर्षाका कारण आएको बाढीले कोसी प्रदेशको राजधानी विराटनगर सबैभन्दा बढी प्रभावित भएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक गरेको विवरणअनुसार, मोरङमा ३८६ घर डुबानमा परेका छन् । यसबाट एक हजार ५६८ सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ ।
विराटनगरमा सबैभन्दा धेरै २०१ घर डुबानमा परेका छन् । त्यसपछि रतुवामाई नगरपालिकाका ७४ घर डुबानमा परे । सुनवर्षी नगरपालिकामा ६० घर डुबेका छन् । कटहरी गाउँपालिकामा ३५ र उर्लाबारी नगरपालिकामा १५ घर डुबेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बाढीबाट प्रभावितलाई विद्यालय तथा सामुदायिक भवनमा सुरक्षित सारिएको छ ।
मिक्लाजुङमा नुनसरी खोलाले बाँध कटान गरेको छ । उता सुनवर्षीमा भने बक्राहा खोलाको बांध कटान भएको छ ।
रतुवामाई नगरपालिका–५, कुमार टोल र लारीकट्टा स्कुल छेउमा रहेको डुबानमा परेको २९ घर परिवारलाई सुरक्षित स्थान तर्फ पठाइएको प्रजिअ यादवले बताए ।