site stats
बाह्रखरी :: Baahrakhari
देश
पर्सा, बारा र रौतहटमा जलस्तरले सतर्कता तह पार, उच्च स्थानमा जान आग्रह
फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो समय वर्षाको मात्रा बढ्दै गएसँगै मधेसका विभिन्न जिल्लामा नदीहरूको जलस्तरले सतर्कता तह पार गरेको छ । शनिबार दिउँसो २ बजेतिर बाढी पूर्वानुमान महाशाखाले पर्सा, बारा र रौतहट जिल्लाका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ ।

कुनकुन क्षेत्रमा खतरा ?
महाशाखाका अनुसार, पर्साको वीरगञ्ज, रौतहटको गौर र महेशपुर, बाराको कलैयामा रहेका जलमापन केन्द्रहरूमा नदीको जलस्तरले सतर्कता तह पार गरिसकेको छ ।

यी जलमापन केन्द्रहरू आसपासका क्षेत्रमा डुबानको खतरा बढेको छ । विशेषगरी, नारायणी, वाग्मती र लालबकैया नदी किनारका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र डुबान हुन सक्ने क्षेत्रबाट उच्च तथा सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्