site stats
बाह्रखरी :: Baahrakhari
देश
सांस्कृतिक र परम्परागत सन्थाल जातिको झापामा विशेष नृत्य

गरामनी (झापा) । सन्थाल जाति झापालगायत तराईका केही जिल्लामा बसोबास गर्ने आदिवासी/जनजाति समुदाय हो । विशेष गरी झापा, मोरङ, सुनसरीलगायत जिल्लामा सन्थाल जातिको उल्लेख्य बसोबास छ ।  

सन्थाल जाति झापाको दक्षिणी भाग, सीमानजिकका गाउँहरू जस्तै बिर्तामोड नगरपालिका, झापा गाउँपालिका, कचनकवल, गौरीगञ्जलगायत क्षेत्रमा बसोबास गर्छन् । सन्थालहरूको जीवनशैली सांस्कृतिक र परम्परागत छ ।

नाचगान, पारम्परिक बाजा (मादल, ढोल) प्रयोग गरेर चाड मनाउने परम्परा छ । 

चाडबाड, विशेष गरी दसैँमा सन्थाल जातिको विशेष नाच हुने गर्छ । उनीहरू घर–घरमा गएर परम्परागत, सांस्कृतिक नाच नाच्ने गर्छन् । उनीहरू समूह–समूह बनाएर नृत्य प्रस्तुत गर्छन् । 

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  १०:२९
प्रतिक्रिया दिनुहोस्