देश
काठमाडौं । कैलालीमा भारी वर्षा मापन गरिएको छ । गर्बा दरबार वर्षा मापन केन्द्रमा शुक्रबार राति १०:१० बजे भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार, यस केन्द्रमा पछिल्लो एक घण्टामा ७२.४ मिलमिटर वर्षा मापन गरिएको छ ।
विभागले जिल्लाभित्र बहने ससाना खोलाहरूमा बहाव बढ्ने सम्भावना भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले शनिबार र आइतबार देशका विभिन्न ठाउँमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १७, २०८२ २२:२१
प्रतिक्रिया दिनुहोस्