देश
सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–५, कालीमाटीबाट पोख्रातिर गइरहेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् ।
बुधबार (असोज १५) बिहान कर्णाली प्रदेश ०२००१च१२५५ नम्बरको जीप दुर्घटना हुँदा नलगाड–५, पोख्राका २२ वर्षीय निसान वलीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनलाई उपचारका निम्ति अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
दुर्घटनामा सोही ठाउँका रवीन्द्र वली, हिरालाल कुसारी र दिपेश वली घाइते भएका छन् । घाइतेमध्ये दुईलाई नेपालगन्ज र एकजनालाई रुकुम पश्चिमको आठबिसकोट नगर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: बुधबार, असोज १५, २०८२ ११:१७
प्रतिक्रिया दिनुहोस्