देश
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मा सर्पदंशबाट तीन वर्षीय बालकको ज्यान गएको छ । सर्पको टोकाइबाट स्थानीय डम्बर पनेरुका तीन वर्षीय छोरा लक्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आफ्नै कच्ची घरमा सुतेको अवस्थामा बालकलाई सर्पले टाउकामा टोकेको थियो । गम्भीर अवस्थामा रहेका उनलाई उपचारका निम्ति तत्काल धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएको थियो ।
गए राति करिब २ बजे उपचारका क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२ १२:२९
प्रतिक्रिया दिनुहोस्