काठमाडौं । मुग्लिन–नारायणगढ सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुलनजिकै खसेको पहिरो पन्छाउने कार्य जारी छ । आवागमन अझै दुईतर्फी बन्द रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
पहिरो झर्ने क्रम जारी छ । तीन उपकरणबाट सावधानी अपनाई पहिरो पन्छाइँदै छ । “...डिभिजनको तैनाथ अवस्थामा राखिएको तीनवटा उपकरणबाट छिटोभन्दा छिटो सवारी आवागमन दुईतर्फी सुचारु गर्नको लागि निरन्तर रूपमा पहिरो पन्छाउने कार्य भइरहे पनि पहिरो झर्ने क्रम नरोकिएकोले थप समय लाग्ने आकलन गरिएको छ,” सडक डिभिजनले सोमबार (असोज १३) अपराह्न ४ः५० बजे जारी गरेको सूचनामा भनिएको छ ।
सवारी आवागमन खुलाउन कटिबद्ध भई लागिपरेको सडक डिभिजनले जनाएको छ । “चाडपर्वको अवसर पारेर हिँड्नुभएका कैयौँ यात्रु महानुभावहरू पहिरोका कारण समयमै आफ्नो गन्तव्यमा पुग्न नपाउँदा हामीलाई दुःख लागेको छ,” सडक डिभिजनले भनेको छ, “छिटोभन्दा छिटो सवारी आवागमन सुचारु गर्न हामी कटिबद्ध भई लागिपरेका छौँ ।”
सोमबार मध्याह्न त्यहाँ पुनः पहिरो खसेको हो ।
थप तस्बिर हेर्नोस्–
-1759145836.jpg)
-1759145837.jpg)
-1759145836.jpg)
-1759145834.jpg)
-1759145834.jpg)
-1759145834.jpg)
-1759145832.jpg)
-1759145832.jpg)
-1759145830.jpg)
-1759145831.jpg)
-1759145828.jpg)
-1759145828.jpg)