काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै गाउँ फर्कनेको लर्को लागेको छ । काठमाडौं उपत्यकाका कलंकी, कोटेश्वर, गौशाला, जडीबुटीलगायत क्षेत्रमा मानिस गाडी कुरेर बसिरहेका देख्न सकिन्छ ।
काठमाडौंलाई कर्मथलो र अध्ययनस्थल बनाएकाहरू आफ्नो गाउँ फर्किरहेका छन् । केही सडकखण्डमा वर्षापछिको पहिरोका कारण बाटो अवरुद्ध भएर यात्रु अलपत्र परेका छन् ।
बीपी राजमार्ग हुँदै पूर्वको यात्रा गर्नेहरूका कारण गौशाला, कोटेश्वरमा भीड देख्न सकिन्छ ।
यो वर्ष अग्रिम टिकट काट्ने व्यवस्था नगरिँदा गाउँ फर्कन सवारी व्यवस्थापनमा केही समस्या भएको यात्रुको गुनासो छ । अग्रिम टिकट काट्ने व्यवस्था नहुँदा तत्काल आएर गाडीको व्यवस्थापन गर्नुपरिरहेको उनीहरूले बताए ।
केही यात्रुले कतिपय गाडी रिजर्भमा गएका र पहिरोका कारण रोकिँदा बस नपाएको गुनासो समेत गरेका छन् । न्युज एजेन्सी नेपाल