site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
रसुवा र तातोपानी भन्सार बन्द हुँदा प्रभावित व्यापारीलाई राहत
फाइल तस्बिर ।

काठमाडौं । हालै बाढी तथा पहिरोबाट क्षति पुगेका रसुवा र तातोपानी भन्सारबाट सो अवधिमा सामान ल्याउने व्यापारीलाई कर्जाको पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न पाउने सुविधा दिइएको छ ।

यी नाकामा प्राकृतिक प्रकोपका कारण देखिएको अवरोधबाट प्रभावित कर्जालाई ऋणीको अनुरोधमा पुनर्तालिकीकरण वा पुनर्संरचनाको सुविधा दिइने व्यवस्था गरिएको हो । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८१ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो ।  

यस्तो पुनर्तालिकीकरण वा पुनर्संरचना ०८२ पुस मसान्तभित्र गरिसक्नु पर्नेछ । बैंक तथा वित्तीय संस्थाले पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएका कर्जा ०८२ असार मसान्तमा जुन वर्गमा रहेको छ, सोही वर्गमा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । 

असार १४ र साउन २४ गते गएको बाढी पहिरोका कारण यी भन्सारमा ठूलो क्षति भएको थियो । व्यवसायीले चीनबाट ल्याएका सामान समेत नेपाल भित्र्यउन नसकेको अवस्था थियो । कतिपयले भरियालाई बोकाएरै भएखपनि सामान नेपाल भित्र्याएका थिए । 

 

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  १७:१८
प्रतिक्रिया दिनुहोस्