site stats
बाह्रखरी :: Baahrakhari
देश
कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको पूर्वानुमान छैन । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

विभागका अनुसार राति कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी प्रदेशलगायत देशको पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

विभागले हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  ०६:१५
प्रतिक्रिया दिनुहोस्