काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २.३५ अंकले घटेको छ । बिहीबार (असोज ९) ०.०८ प्रतिशत घटेर २६५२ विन्दुमा बन्द भएको छ । यसदिन तीन अर्ब २६ करोड रुपैयाँ सेयर खरिदबिक्री भएको छ ।
दसैँ नजिकिँदै जाँदा लगानीकर्तामा सेयर खरिदबिक्री गर्ने उत्साह घटेको देखिन्छ । कारोबार रकम पनि दैनिक घट्दै गएको छ । बुधबार चार अर्ब १२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । मंगलबार पाँच अर्ब २९ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको थियो ।
आज १०७ कम्पनीको सेयर मूल्य बढेको छ । १३९ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर छ । हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यो कम्पनीको २२ करोड १३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
कारोबारमा आएका १३ मध्ये चार समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । बैंकिङ, लगानी, म्युचुअल फन्ड र व्यापार समूहको परिसूचक बढेको छ ।