site stats
बाह्रखरी :: Baahrakhari
खेल
मेसीप्रेरित मियामीको चार गोल

काठमाडौं । इन्टर मियामीले मेजर लिग सकर (एमएलएस)मा न्युयोर्क सिटीविरुद्ध ४–० को सहज जित निकालेको छ । खेलमा मियामीका कप्तान लियोनल मेसीको उत्कृष्ट प्रदर्शन रह्यो ।

बिहीबार सिटी फिल्डमा पाहुना टोली मियामीलाई जित दिलाउन मेसीले दुई गोल गोल गरे । यस्तै, बाल्टासर रोड्रिगेज र लुइस स्वारेजले समान एक–एक गोल थपे ।

खेलको ४३औँ मिनेटमा रोड्रिग्वेजको गोलमार्फत मियामीले अग्रता लिएको थियो । ७४औँ मिनेटमा मेसीले टोलीको अग्रता दोब्बर बनाए ।

त्यसको नौ मिनेटपछि स्वारेजले पेनाल्टीमार्फत टोलीका लागि तेस्रो गोल गरे । निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दा मियामी ४–० ले विजयी भएको हो ।

जितसँगै इन्टर २९ खेलबाट ५५ अंक जोडेर इस्टर्न कन्फिरेन्सको तेस्रो स्थानमा उक्लिएको छ । पराजित न्युयोर्क ३१ खेलबाट ५३ अंकका साथ पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्