देश
झापा । झापाको बिर्तामोड नगरपालिका–७, खालबाडीमा गए राति (असोज ८) हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । नाम, ठेगाना नखुलेका करिब ३६ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
तराई मूलको जस्तो देखिने ती पुरुषलाई जंगलबाट आएको एउटा हात्तीले आक्रमण गरेर थियो । पुरुषको शव बिहीबार (असोज ९) बिहान ६ः२० बजे स्थानीयवासीले देखेपछि खबर गरेका प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएपछि थप अनुसन्धान तथा कानुनी प्रक्रियाका निम्ति इलाका प्रहरी कार्यालय अनारमनीबाट टोली खटिएको छ । रासस
प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२ १०:१४
प्रतिक्रिया दिनुहोस्