site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
म्यानमारको म्यावडीबाट दुई नेपालीको उद्धार

काठमाडौं । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले म्यानमारको म्यावडीबाट दुई नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ ।

“अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकहरूलाई नेपाली राजदूतावासले थाइल्यान्ड सरकारको सहयोगमा म्यानमारको म्यावडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याई दुई पुरुषलाई २०८२ असोज ८ गतेका दिन नेपाल फर्काइएको छ,” नेपाली दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

दूतावासले नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान विज्ञप्तिमा अनुरोध गरेको छ ।

कसैको प्रलोभनमा परेर छिटो, धेरै पैसा कमाउने हेतुले कम्वोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नआउनका लागि पनि दूतावासले अनुरोध गरेको छ । 

 

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १६:४७
प्रतिक्रिया दिनुहोस्