काठमाडौं । सरकारले भदौ २३ र २४ गतेको आन्दोलनबाट भएको क्षतिको पूर्वाधार पुनर्निर्माण गर्न अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा समिति गठन गरेको छ । असोज ५ गते (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी गरेको छ ।
आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणको लागि आवश्यक आर्थिक स्रोतको व्यवस्था गरी पुनर्निर्माण तथा मर्मत, आर्थिक पुनरूत्थान, राहत तत्काल व्यवस्थित र प्रभावकारी बनाउन यो समिति गठन गरिएको छ ।
सदस्यमा गृहमन्त्री, सहरी विकासमन्त्री, मुख्य सचिव र सदस्य सचिवमा सहरी विकास मन्त्रालयको सचिव रहने व्यवस्था छ ।
यसको सचिवालय सहरी विकास मन्त्रालयमा रहनेछ । भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरूत्थान, राहत र पुनस्र्थापनासम्बन्धी कार्यको लागि समितिको कोष स्थापना गरिनेछ । यो कोष सञ्चालनको जिम्मा सहरी विकास मन्त्रालयका सचिव र यही मन्त्रालयको आर्थिक प्रशासन शाखा प्रमुखको हुनेछ । यी दुई जनाको खातामा हस्ताक्षर चल्नेछ ।