काठमाडौं । पहिरोका कारण हाल चारवटा सडकखण्ड अवरुद्ध भएका छन् । पहिरोले विभिन्न चारवटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् ।
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ तुइनखोलामा मंगलबार सडकमाथिबाट पहिरो खस्दा सवारी आवागमन ठप्प भएको छ ।
अरनिको राजमार्गअन्तर्गत सिन्धुपाञ्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरो खसेका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा असार २४ गतेको बाढीले पुल बगाउँदा नेपाल र चीन नाका पूर्णरूपमा अवरुद्ध भएको छ ।
कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा पनि पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।