site stats
बाह्रखरी :: Baahrakhari
देश
मोरङमा आगजनी र तोडफोडमा संलग्नको विवरण संकलन भएको छ : एसपी कटवाल

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले मोरङका सरकारी कार्यालय र निजी सम्पत्तिमा आगजनी र तोडफोड गर्ने व्यक्तिहरूको सम्पूर्ण विवरण संकलन भइसकेको बताएका छन् ।

विराटनगरमा आज पत्रकारसँगको भेटघाटमा एसपी कटवालले प्रहरी र सर्वसाधारणको सहयोगमा ती घटनामा संलग्नको विवरण संकलन गरिएको बताए ।

“आगजनी र तोडफोडमा संलग्नको सम्पूर्ण विवरण संकलन भइसकेको छ,” उनले भने, “यदि, अझै केही विवरण उपलब्ध गराउन सक्नुहुन्छ भने म अनुरोध गर्छु ।” 

सिमापार तस्करी नियन्त्रणको बारेमा कुरा गर्दै एसपी कटवालले आफ्नो कार्यकालमा यस क्षेत्रलाई सशक्त ढंगले सम्बोधन गर्ने उनले प्रतिवद्धता जनाए ।

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १०:४२
प्रतिक्रिया दिनुहोस्