site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
बीपी राजमार्ग हुँदै दसैँमा घर जाँदै हुनुहुन्छ ? हेर्नुस् कस्तो छ सडक (तस्बिरहरू)

काठमाडौं । गत असोज दोस्रो साता आएको बाढीपहिरोले क्षति पुर्‍याएको बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)को कटुञ्जवेसी, मंगलटार, नेपालथोक क्षेत्रको सडक निर्माण नहुँदा दैनिक यात्रा गर्ने यात्रुले सास्ती भोग्नु परेको छ । 

दसैँको आगमनसँगै हजारौँ यात्रुले प्रयोग गर्ने सो सडक अहिले पनि धुल्लामे भएको छ । बाढीले सडक पूर्णरूपमा क्षति हुँदा यात्रा गर्न कठिन भएको छ ।

रोशीखोलाको बाढीले सो राजमार्गमा क्षति पुगेपछि निर्माण गरिएको डाइभर्सन, सडक कच्ची र धुलाम्मे हुने भएका कारण यात्रुहरूले सास्ती भोग्नु परेको हो ।

BP-Highway_-(12)-1758679423.jpg

क्षतिग्रस्त राजमार्ग बन्न अझै समय लाग्ने निश्चित छ । सडक नबन्दासम्म कच्ची सडकमा नै यात्रा गर्नु पर्नेछ ।  

बीपी राजमार्गको विभिन्न खण्डको पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड रुपैयाँ लाग्नेछ । डिभिजन सडक कार्यालय भक्तपुरले बीपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न खण्डमा पुनर्निर्माण गर्न सो रकम खर्च हुने अनुमान गरे पनि पुनर्निर्माणका लागि अझै स्रोत सुनिश्चित भएको छैन ।

BP-Highway_-(9)-1758679528.jpg

काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुंगासम्म १२ किलोमिटर सडकखण्डमध्ये ८ किलोमिटर सडक पूर्णरूपमा क्षति पुगेको थियो ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो । खण्ड–खण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । 

BP-Highway_-(18)-1758679535.jpg

BP-Highway_-(19)-1758679533.jpg

BP-Highway_-(13)-1758679532.jpg

BP-Highway_-(15)-1758679529.jpg

BP-Highway_-(11)-1758679538.jpg

BP-Highway_-(7)-1758679539.jpg

BP-Highway_-(8)-1758679543.jpg

BP-Highway_-(10)-1758679544.jpg

BP-Highway_-(17)-1758679551.jpg

BP-Highway_-(3)-1758679550.jpg

BP-Highway_-(14)-1758679548.jpg

BP-Highway_-(16)-1758679547.jpg

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  ०७:५२
प्रतिक्रिया दिनुहोस्