site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से ५८.६३ अंकले बढ्यो, घट्यो कारोबार रकम

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज ५८.६३ अंकले बढेको छ । कारोबार रकम भने घटेको छ । नेप्से परिसूचक २.२३ प्रतिशतले बढेर २,६८२.२५ विन्दुमा बन्द भएको छ ।

पाँच अर्ब २९ करोड २७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आइतबार नौ अर्ब १७ करोड ९५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

आज २३८ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १४ कम्पनीको सेयरमूल्य घटेको छ ।

सप्तकोसी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

आज नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यस कम्पनीको ३८ करोड ६८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १५:२७
प्रतिक्रिया दिनुहोस्