site stats
बाह्रखरी :: Baahrakhari
देश
मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । तुइन खोलानजिक झरेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । 

पहिरो हटाउने काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । लामो समयपछि पहिरो हटाएर सुचारु गरिएको सडकमा पुनः पहिरो गएको हो । 

“सवारीचालकले सवारीसाधन अव्यवस्थित तवरले रोकेर राख्दा साइटमा थप उपकरण र इन्धन लैजान समस्या परेको छ,” सडक डिभिजन कार्यालय भरतपुरले भनेको छ, “लेन अनुशासनको पालना गर्नुहुन अनुरोध छ ।” 

तुइन खोलानजिकैको पहिरोले केही समय यता लगातार यात्रुलाई शास्ती दिएको छ । पहिरोका कारण काठमाडौं भित्रिने र बाहिरने यात्रु मारमा परेका छन् । 

यसैबीच, मुग्लिन–नागढुंगा सडकखण्डअन्तर्गत धादिङको जवाङ  खोलानजिकै पनि पहिरो गएको छ । पहिरोका कारण दुइतर्फी सडक अवरुद्ध बनेको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  ०८:५६
प्रतिक्रिया दिनुहोस्