site stats
बाह्रखरी :: Baahrakhari
देश
भागेका करिब सात हजार कैदीबन्दी कारागार फर्किए, साढे सात हजार सम्पर्कविहीन
भदौ २४ गते धादिङ कारागारको दृश्य ।

काठमाडौं । ‘जेनजी’को प्रदर्शनका क्रममा कारागारमा तोडफोड र आगजनी गरेर भागेका मध्ये सात हजार ६२७ कैदीबन्दी अझै फरार छन् । गएको भदौ २४ गते उग्र प्रदर्शनका क्रममा देशभरका धेरै कारागारबाट कैदीबन्दी भागेका थिए ।

कारागार व्यवस्था विभागको तथ्यांकानुसार, देशभरका २८ कारागार र नौ सुधारगृहबाट कैदी तथा थुनुवा भागेका थिए । त्यस दिन कुल १४ हजार ५५६ जना भागेका हुन् । कारागारबाट १३ हजार ५९२ र सुधारगृहबाट ९६४ जना भागेका थिए ।

त्यसरी भागेका मध्ये आइतबार (असोज ५) साँझसम्म कुल ६ हजार ९२८ जना कारागार फर्किएका छन् । सम्पर्कमा नआएका अधिकांश जघन्य तथा संगठित अपराधमा संलग्न रहेको विभागले जनाएको छ ।

कारागार फोडेर भाग्ने क्रममा नेपाली सेनाले चलाएको गोली लागेर पाँच कैदीबन्दीको ज्यान गएको थियो । 

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १३:१०
प्रतिक्रिया दिनुहोस्