site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सुनकोशीले गर्‍यो शुभकामना काव्य गोष्ठी

काठमाडौं । सुनकोशी वाङ्मय प्रतिष्ठानले विजयादशमीको उपलक्ष्यमा शुभकामना आदान प्रदानसहित विशेष काव्य गोष्ठीको आयोजना गरेको छ ।

आइतबार (असोज ५) काठमाडौंमा आयोजित कार्यक्रममा कविहरू पवन आलोक, तुलसीहरि कोइराला, विमल भौकाजी, मणि लोहनी, श्रीबाबु कार्की, तारा केसी, पूर्णबहादुर श्रेष्ठ ह्रदयङ्कृत, मधु पाठक, विश्व सिग्देल, बोधराज पौडेल, सुमन सौरभ, ध्रुवराज थापा, दीपक चौलागाई, गंगा थापा, एलिसा ढुंगाना, राजीव श्रेष्ठ, सरस्वती चिमोरिया, छविरमण सिलवाललगायतले आफ्ना रचना वाचन गरे ।

कविहरूले कवितामा देश, युगीन चेत, आममानिसका पीडा, निराशा, विकृति र विसंगतिका पक्ष प्रस्तुत गरे । 

चिःवहाल गौचर परिवारको सहकार्यमा सम्पन्न कार्यक्रममा निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’, शंकर भारती, प्रदीप सापकोटालगायतले साहित्यका विविध विषयमा चर्चा गरे ।

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्