site stats
बाह्रखरी :: Baahrakhari
खेल
लिभरपुल र चेल्सीका पूर्वप्रशिक्षक म्याट बियर्डको निधन
म्याट बियर्ड । फाइल तस्बिर : एजेन्सी ।

काठमाडौं । इंग्लिस क्लब लिभरपुल र चेल्सी महिला टिमका पूर्वप्रशिक्षक म्याट बियर्डको निधन भएको छ । आइतबार एफए वुमन्स सुपर लिग (एफए डब्ल्यूएसएल)का दुई क्लब लिभपरपुल र चेल्सीले ४७ वर्षको उमेरमा बियर्डको निधन भएको पुष्टि गरेका हुन् ।

“क्लब दुःखद घडीबाट गुज्रिरहेको म्याट परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ । म्याट क्लबका सफल प्रशिक्षक र प्रतिबद्ध प्रशिक्षक मात्र थिएनन्, उनी सामूहिक एकतामा विश्वास गर्ने प्रशिक्षक थिए । क्लबमा म्याटको योगदानलाई सधैँ कदर गर्नुका साथै उनी हाम्रो स्मरणमा रहिरहनेछन्,” लिभरपुलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बियर्ड सन् २०१२ मा पहिलोपटक लिभरपुलको जिम्मेवारीमा आएका थिए । बियर्ड र लिभरपुलबीच सन् २०१५ सम्मको सम्झौता थियो । बियर्डकै नेतृत्वमा लिभरपुलले सन् २०१३ र २०१४ मा एफए वुमन्स सुपर लिगको उपाधि उचालेको थियो ।

बियर्ड तीन वर्षको कार्यकाल समाप्त भएपछि बोस्टोन ब्रेकर्समा प्रशिक्षक नियुक्त भएका थिए । त्यसको ६ वर्षपछि उनी पुनः सन् २०२१ मा लिभरपुरमै फर्किए । दोस्रो कार्यकालमा चार वर्ष जिम्मेवारी सम्हालेका उनलाई गएको फेब्रुअरीमा मात्र क्लबले बिदाइ गरेको थियो । गएको जुन र अगस्टमा बनर्लेसँगको खेल नै म्याटको अन्तिम रहयो ।

बियर्ड चेल्सी लेडिजमा सन् २००८–२००९, सन् २००९–२०१२ सम्म वेस्टह्याम युनाइटेड वुमन्समा, २०१८–२०२० मा विस्टल सिटीमा, २०२१ मा अन्तिरम प्रशिक्षक र २०२५ मा बनर्ले एफसी वुमन्सको प्रशिक्षक नियुक्त भएका थिए ।

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्