site stats
बाह्रखरी :: Baahrakhari
देश
मुग्लिन–नारायणगढ सडक २४ घण्टसम्म अवरुद्ध, अझै झर्दै छ ढुंगा (भिडियो)

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड २४ घण्टासम्म अवरुद्ध भएको छ । सडक सञ्चालनमा ल्याउने प्रयास जारी रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

उक्त सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै पहिरो खसेको छ । पहिरोका कारण शुक्रबार (असोज ३) बेलुका करिब साढे ६ बजेदेखि सडक अवरुद्ध भएको हो ।

“...मुग्लिनतर्फबाट ढुंगा खस्ने क्रम निरन्तर भइरहेको हुँदा हामीसँग तीनवटा लोडर भए पनि सुरक्षाको दृष्टिकोणले निर्बाध रूपमा पहिरो हटाउनको लागि समस्या भएको छ,” शनिबार बेलुका ६ः११ बजे सडक डिभिजनले जारी गरेको सूचनामा उल्लेख छ ।

नारायणगढतर्फबाट पहिरो हटाउने कार्य जारी छ । “थप पहिरो खस्ने क्रम रोकिएको खण्डमा सबै उपकरणहरू प्रयोग गरी पहिरो हटाउन सहज हुने र छिटोभन्दा छिटो सवारी आवागमन सुचारु गर्नेमा हामी प्रतिबद्ध रहेको व्यहोरा  अनुरोध छ,” सडक डिभिजनले भनेको छ ।

भिडियो हेर्नोस्–

प्रकाशित मिति: शनिबार, असोज ४, २०८२  १८:४२
प्रतिक्रिया दिनुहोस्