देश
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । मुग्लिननजिकै तुइन खोलाछेउमा हिजो साँझदेखि पहिरो झरेका कारण उक्त सडकखण्ड पूणरूपमा अवरुद्ध भएको हो ।
पहिरोको कारण सवारी आवागमन दुवैतर्फ ठप्प भएको छ । पहिरो झर्नेक्रम अझै जारी छ । पहिरो हटाउन सडक डिभिजन कार्यालय भरतपुरबाट दुईवटा लोडर र एउटा इस्काभेटर पठाइसकेको जनाएको छ ।
“सुरक्षालाई मध्यनजर गर्दै पहिरो झर्न रोकिएपछि सवारी आवागमन सूचारू गरिनेछ,” डिभिजन कार्यालय भरतपुरले भनेको छ ।
आज यो सडक हुँदै यात्रा गर्नेहरूलाई वैकल्पिक सडक प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ । रातभर पहिरो झरेकाले सडकको पहिरो हटाउन समय लाग्ने बताइएको छ । हिजो साँझ सवा ७ बजेबाट यो सडकखण्ड अवरुद्ध छ ।
प्रकाशित मिति: शनिबार, असोज ४, २०८२ ०७:२५
प्रतिक्रिया दिनुहोस्