site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
देशलाई धोका दिने बेला होइन, ऊर्जा क्षेत्र उकास्ने सुनौलो अवसर : हितेन्द्रदेव शाक्य
फाइल तस्बिर ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेपालको ऊर्जा क्षेत्रमा काम गर्न अहिलेको समय निकै सुनौलो रहेको बताएका छन् । दक्षिण कोरियाबाट शुक्रबार फर्किएका शाक्यले बाह्रखरीसँगको कुराकानीमा ऊर्जामन्त्री कुलमान घिसिङले ऊर्जा क्षेत्रलाई राम्रोसँग बुझेकाले काम गर्न सहज हुने विश्वास व्यक्त गरे ।

शाक्यले अहिलेको समयलाई जिम्मेवारीबोध र नयाँ पुस्ताको भावना बुझेर अघि बढ्ने अवसरको रूपमा लिएको बताए । “देशलाई धोका दिने समय होइन, बरु नयाँ पुस्ताको आकांक्षालाई साथमा लिएर काम गर्ने बेला हो,” उनले भने ।

उनले विद्युत् प्राधिकरणमा इमानदारीका आधारमा काम गरेको उल्लेख गर्दै आफ्नो घर, सम्पत्ति र व्यक्तिगत कठिनाइबीच पनि संस्थालाई नेतृत्वसहित गन्तव्यमा पुर्‍याउने संकल्प दोहोर्‍याए । “घर, गाडी नष्ट भए पनि मसँग बाँकी रहेको विश्वास र जिम्मेवारी छ । यही भावनाले अफिसमै सुत्नुपरे पनि २४ घण्टा देश र जनताको सेवामा खटिन तयार छु,” शाक्यले स्पष्ट पारे ।

ऊर्जामन्त्री कुलमान घिसिङ ऊर्जा क्षेत्रको विकासका लागि निरन्तर लागिपरेको भन्दै शाक्यले त्यस यात्रामा आफू सारथीका रूपमा साथ दिन प्रतिबद्धता जनाए ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  २०:११
प्रतिक्रिया दिनुहोस्