site stats
बाह्रखरी :: Baahrakhari
खेल
दश खेलाडीमा सीमित नापोलीविरुद्ध सिटीको जित

काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर सिटीले यूईएफए च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा इटालियन क्लब नापोलीविरुद्ध २–० को सहज जित निकालेको छ । 

बिहीबार राति इत्तिहाद रंगशालामा घरेलु टोल सिटीलाई सुखद् सुरुआत दिलाउन एर्लिङ हालान्ड र जेरिमी डोकुले गोल गरे । 

खेलको ५६औँ मिनेटमा हालान्डको गोलमार्फत सिटीले अग्रता लिएको थियो । त्यसको नौ मिनेटपछि नै डोकुले टोलीको अग्रता दोब्बर बनाए । यसपछि थप गोल नहुँदा सिटीले २–० को जित सुनिश्चित गरेको हो । 

त्यसअघि २१औँ मिनेटमा जियाभानी डी लोरेन्जोले रातो कार्डको दर्शन गरेपछि नापोली १० खेलाडीमा समेटिएको थियो । 

च्याम्पियन्स लिगअन्तर्गत बिहीबार नै भएको अर्को खेलमा स्पोर्टिङ लिस्वनले काइरात अल्माटीविरुद्ध ४–१ को जित निकालेको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १०:४२
प्रतिक्रिया दिनुहोस्