site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनपीएल–२०२५ : पहिलो खेलको टिकटबाट उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)–२०२५ को पहिलो खेलबाट उठेको टिकट रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले बिहीबार (असोज २) नेपाली टिमको बिदाइ कार्यक्रममा एनपीएल–२०२५ को पहिलो खेलमा टिकटबाट उठ्ने रकम सबै राहत कोषमा जम्मा गरिने बताएका हुन् । 

क्यानले बिहीबार एक कार्यक्रममार्फत वेस्ट इन्डिजविरुद्धको शृंखलाका निम्ति युनाइटेड अरब इमिरेट्स (यूएई) जाने नेपाली टिमलाई बिदाइ गरेको हो । बिदाइअघि क्यानले भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेको थियो ।

 

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १७:२६
प्रतिक्रिया दिनुहोस्