काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनीले लिभरपुलविरुद्धको खेलमा आफू खेल अवधिभर अपमानित भएको बताएका छन् । बुधबार सिमोनीले खेलमा आफूले अनुचित व्यहार गरेको स्वीकार गर्दै घरेलु समर्थकबाट अपमानित भएको बताएका हुन् ।
“मेरो खेल अवधिभर अपमान भयो । तर, प्रशिक्षक भएकाले मैले सबै सहेर बसेँ । अपमानप्रति मेरो व्यहार अनुचित छ । तर, ९० मिनेटमा लगातार अपमानित हुँदा कस्तो लाग्यो मलाई थाहा छ,” प्रशिक्षक सिमोनीले एक अन्तर्वार्तामा भनेको भनाइ उद्धृत गर्दै रोयर्टसले जनाएको छ ।
बुधबार च्याम्पियन्स लिगमा एट्लेटिकोले लिभरपुलको घरेलु मैदानमा ३–२ को हार व्यहोरेको थियो । इन्ज्युरी समयमा घरेलु समर्थकसँगको तनावपछि सिमोनीले रातो कार्डको दर्शन गरेका थिए ।