काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १०७.०४ अंकले घटेर २० मिनेटका लागि बन्द भएको छ ।
बजार खुलेको दुई मिनेटमा नै बजार ४ प्रतिशत घटेर २० मिनेटका लागि बन्द भएको हो ।
उक्त अवधिमा १८४ कम्पनीको सेयर मूल्य घटेको छ । दुई मिनेट अवधिमा १५ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबार सुरु भएको पहिलो एक घण्टाभित्र चार प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार रोकिएको हो ।
अब बजार ११ बजेर २२ मिनेटमा खुल्नेछ ।
कारोबार सुरु भएको पहिलो घण्टा अर्थात् ११ देखि १२ बजेको बीचमा चार प्रतिशतले दोस्रो घण्टा अर्थात् १२ देखि १ बजेको बीचमा पाँच प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्छ ।
१ बजेसम्म बजार ६ प्रतिशत बढे बजार दिनभरका लागि बन्द रहन्छ ।