site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सेयर बजार १०७ अंकले घटेर सर्किट ब्रेक

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १०७.०४ अंकले घटेर २० मिनेटका लागि बन्द भएको छ ।

बजार खुलेको दुई मिनेटमा नै बजार ४ प्रतिशत घटेर २० मिनेटका लागि बन्द भएको हो ।

उक्त अवधिमा १८४ कम्पनीको सेयर मूल्य घटेको छ । दुई मिनेट अवधिमा १५ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबार सुरु भएको पहिलो एक घण्टाभित्र चार प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार रोकिएको हो ।

अब बजार ११ बजेर २२ मिनेटमा खुल्नेछ ।

कारोबार सुरु भएको पहिलो घण्टा अर्थात् ११ देखि १२ बजेको बीचमा चार प्रतिशतले दोस्रो घण्टा अर्थात् १२ देखि १ बजेको बीचमा पाँच प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्छ । 

१ बजेसम्म बजार ६ प्रतिशत बढे बजार दिनभरका लागि बन्द रहन्छ ।  
dddss-1758173641.JPG
 

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  ११:१९
प्रतिक्रिया दिनुहोस्