site stats
बाह्रखरी :: Baahrakhari
देश
बिनाबिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले बिनाबिलबिजकको सामान किनबेच नगर्न सबैमा अनुरोध गरेको छ । जेनजीको प्रदर्शनका क्रममा आपराधिक समूहद्वारा लुटिएका गरगहना बिक्री गर्न सुनचाँदी पसलमा ल्याउन सक्ने भएकाले बिल भर्पाइबिनाका सुनचाँदीका गरगहना खरिद नगर्न अनुरोध गरेको हो ।

त्यस्तो कुनै सूचना पाएमा तत्काल प्रहरीलाई खबर गर्न परिसरले बुधबार (असोज १) एक सूचना प्रकाशित गरी सबैमा आग्रह गरेको छ ।

गत भदौ २३ र २४ गते ‘जेनजी’ ले आह्वान गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीद्वारा काठमाडौंका विभिन्न स्थानहरूमा रहेका सरकारी कार्यालय, बैंक वित्तीय संस्थाहरू, व्यापारिक प्रतिष्ठानलगायत निजी सम्पत्तिमा समेत आगजनी तथा तोडफोड गर्नुका साथै बहुमूल्य गरगहना तथा सरसामान चोरी/लुटपाट गरी लगेको पाइएकाले बिलबिना खरिद नगर्न अनुरोध गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

त्यस्ता सामानहरू प्राप्त भएमा प्रहरी कन्ट्रोल नम्बर १००, जिल्ला प्रहरी परिसर, काठमाडौंको सम्पर्क नम्बर ९८५१२८३०१२ र नजिकको प्रहरी कार्यालयमा उक्त विषयको जानकारी दिन परिसरले सबैमा अनुरोध गरेको छ ।

 

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १८:०६
प्रतिक्रिया दिनुहोस्