site stats
बाह्रखरी :: Baahrakhari
देश
कोटेश्वरको भाटभटेनीमा भेटियो शव, ज्यान गुमाउनेको संख्या ७४ पुग्यो
फाइल तस्बिर ।

काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा शव फेला परेसँगै मृतकको संख्या ७४ पुगेको छ । बुधबार बिहान भाटभटेनीको चौथो तलामा शव भेटिएको हो । 

मृतक रामेछापको खाडादेवी गाउँपालिका–६ घर भई हाल ललितपुर च्यासल बस्ने अन्दाजी २२ वर्षीय विकास रसाइली रहेको खुलेको छ । 

प्रहरीका अनुसार, अस्थिपन्जर मात्र बाँकी रहेको अवस्थामा शव फेला परेको छ । शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १५:२६
प्रतिक्रिया दिनुहोस्