काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्री कुलमान घिसिङलाई सामाजिक सञ्जालबाट बधाई दिएका छन् ।
दक्षिण कोरिया रहेका शाक्यले मंगलबार (भदौ ३१)मा बधाई दिएका हुन् । फेसबुकमा उनले लेखेका छन् “ऊर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज्यू नयाँ नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई छ । सफल कार्यकाल र उत्तरोतर प्रगतिका लागि हार्दिक शुभकामना साथै सम्पूर्ण उर्जा क्षेत्रकै सफलतासहितको समृद्ध नेपालको समेत हार्दिक मंगलमय कामना व्यक्त गर्दछु ।”
अघिल्लो सरकारले घिसिङलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो । त्यसको साढे पाँच महिनापछि घिसिङ ऊर्जा मन्त्रालयको नेतृत्वमा पुगेका हुन् ।