site stats
बाह्रखरी :: Baahrakhari
खेल
च्याम्पियन्स लिग आजदेखि, पहिलो दिन ६ खेल

काठमाडौं । युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग आजदेखि सुरु हुँदै छ ।

च्याम्पियन्स लिगको सुरुआती दुई खेलमा आज डच क्लब पीएभी आइन्डोभनले युनियन सेन्ट जिलोइसविरुद्ध प्रतिस्पर्धा गर्नेछ । स्पेनिस क्लब एथ्लेटिक बिल्बाओले इंग्ल्यान्डको आर्सनलविरुद्ध खेल्दै छ । यी दुवै खेल नेपाली समयानुसार राति १०ः३० बजे सुरु हुनेछ । 

आजै राति अरू चार खेल पनि हुँदै छ । इटालीको युभेन्ट्सले जर्मनीको बोरुसिया डर्टमन्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ । पोर्चुगलको बेन्फिकाले क्वाराबाग एफकेविरुद्ध खेल्नेछ । इंग्ल्यान्डको टोटनहम र स्पेनको भियारियाल आमनेसामने हुँदै छन् । स्पेनिस जायन्ट रियाल मड्रिडले फ्रेन्च क्लब ओलम्पिक मार्सेविरुद्ध प्रतिस्पर्धा गर्दै छन् । यी चार खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा ३६ क्लबको सहभागिता रहनेछ । तालिकाको शीर्ष आठमा रहने टिमले सोझै अन्तिम–१६ मा स्थान बनाउनेछन् । त्यसपछि नवौँदेखि २४औँ स्थानका क्लबले प्रि–क्वार्टरफाइनलका निम्ति प्लेअफ खेल्नेछन् । त्यसबाट नकआउट चरणमा प्रवेश गर्ने बाँकी आठ टिमको टुंगो लाग्नेछ ।

प्रतियोगितामा कुल १८९ खेल हुने जनाइएको छ । फाइनल खेल मे ३० मा हंगेरीको बुडापेस्टमा हुनेछ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  १४:५८
प्रतिक्रिया दिनुहोस्