देश
बैतडी । वर्षासँगै पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत दोगडाकेदार–५ सलसेनास्थित साजाधारमा आज बिहान पहिरो खसेको स्थानीय शेरसिंह कार्कीले जानकारी दिए ।
“वर्षापछि सडक माथिबाट ठूलो पहिरो खसेको छ । सवारी आवागमन पूर्ण रुपमा अवरुद्ध छ,” उनले भने । राजमार्ग अवरुद्ध हुँदा महेन्द्रनगर, धनगढी, काठमाडौंका साथै सदरमुकामसँगको सडक सम्बन्ध टुटेको छ । यात्रुहरु बीच बाटोमै रोकिएका छन् ।
अवरुद्ध जयपृथ्वी राजमार्ग भने सञ्चालनमा आएको छ । खोड्पे–बझाङ सडकखण्डको मुस्याखानमा पहिरो खस्दा अवरुद्ध राजमार्ग सञ्चालन आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । रासस
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२ १२:३५
प्रतिक्रिया दिनुहोस्