काठमाडौं । मानव सेवामा समर्पित संस्था हामी नेपालले पवित्र भावनाले स्थापित संस्थाको कुनै राजनीतिक वा अन्य कुनै संगठनसँग संलग्नता स्पष्ट पारेको छ । सोमबार विज्ञप्ति जारी गर्दै संस्थाले मानवसेवा र दुर्घटनाबाट प्रभावित नागरिकलाई आवश्यक सहयोग गर्दै आएको बताएको हो ।
"देशमा ठूला संकट र प्राकृतिक प्रकोप आउँदा सभ्य रूपमा सहयोगमा जुट्दै आएको हाम्रो संस्था हामी नेपालले मानवसेवा र दुर्घटनाबाट प्रभावित नागरिकलाई आवश्यक सहयोग गर्दै आएको छ । पवित्र भावनाले स्थापित यो संस्थाको कुनै राजनीतिक वा अन्य कुनै संगठनसँग संलग्नता छैन," विज्ञप्तिमा उल्लेख छ ।
संस्थाले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा बर्बरतापूर्ण आक्रमणमा देशका लागि सहिद भएका होनहार युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण समेत गरेको छ । साथै, दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
आन्दोलनको अवधिमा हस्तक्षेप गरी जनधनको क्षति पुर्याउनुका साथै आगजनी गरी अधिकांश कार्यालयलगायत व्यावसायिक एवं निजी सम्पति समेतमा आगजनी गरी खरानी र तोडफोड गर्ने निन्दनीय तथा अमानवीय घटनाप्रति संस्थाले गम्भीर दुःख व्यक्त गरेको छ । संस्थाको विधिअनुसार देशमा भएका विपत्ति, क्षति र चुनौतीहरूलाई सामना गर्दै रोकथाम, पुनर्स्थापना तथा विकासका कार्यहरूमा निरन्तर लाग्ने जनाएको छ ।