काठमाडौं । श्रीलंकामा आजदेखि सुरु हुने साफ यू–१७ च्यम्पियनसिपमा घरेलु टोलीविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती–११ सार्वजनिक भएको छ ।
नेपाली टोलीका प्रशिक्षक सञ्जित श्रेष्ठले प्रशान्त मोक्तानको कप्तानीमा आफ्नो पहिलो रोजाइ सार्वजनिक गरेका हुन् । सुरुआती–११ मा गोकिपरको भूमिका रामबहादुर बोहोरालाई दिइएको छ ।
त्यसैगरी, भुवन कामी, अनमोल कार्की, सुशन थापामगर, राम थामी, प्रतीश थापा मगर, समीर कुमार, निसकुमार श्रेष्ठ, कृष्ट भण्डारी र निश्चल मगरले स्थान पाएका छन् ।
खेल श्रीलंकाको कोलोम्बो सहरस्थित रेसकोर्स रंगशालामा नेपाली समयअनुसार साँझ ७ः१५ बजे हुनेछ । खेलमा दुवै टोली विजयी सुरुआतको खोजीमा हुनेछन् ।
प्रतियोगितामा दुवै टोली समूह ‘ए’ मा छन् । यो समूहमा नेपाल र श्रीलंकासँगै बंगलादेश पनि छ । अर्काे, समूह ‘बी’मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् । प्रतियोगिता आगामी असोज ११ गते (सेप्टेम्बर २७) सम्म हुनेछ । प्रतियोगिताको लागि प्रशिक्षक सिंहको नेतृत्वमा २३ सदस्यीय टोली गत भदौ २९ गते श्रीलंका पुगेको थियो ।