site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
नवनियुक्त तीन मन्त्रीले लिए शपथ (तस्बिरहरू)
तस्बिरहरू : अनुप प्रधान/न्युज एजेन्सी नेपाल ।

काठमाडौं । अन्तरिम सरकारका तीन मन्त्रीले सोमबार (भदौ ३०) पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।

राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत अधिकारी सहभागी थिए ।

थप तस्बिर हेर्नोस्–

s2-1757920077.jpg

s4-1757920076.jpg

s3-1757920076.jpg

s5-1757920075.jpg

s6-1757920075.jpg

s7-1757920074.jpg

s8-1757920074.jpg

s9-1757920073.jpg

s10-1757920073.jpg

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १२:५३
प्रतिक्रिया दिनुहोस्