देश
काठमाडौं । ललितपुर र भक्तपुरले पनि निषेधाज्ञा र कर्फ्यु आदेश स्थगन गरेका छन् ।
शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएको भन्दै निषेधाज्ञा तथा कर्फ्यु आदेश हटाइएको ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेका छन् ।
जेन्जी पुस्ताको प्रदर्शनका क्रममा हिंसात्मक घटना सुरु भएपछि कर्फ्यु र निषेधाज्ञा जारी गरिएको थियो । नयाँ अन्तरिम सरकार गठन भएसँगै जनजीवन सामान्य बन्दै गएको छ ।


प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२ १२:२६
प्रतिक्रिया दिनुहोस्