site stats
बाह्रखरी :: Baahrakhari
देश
ललितपुर र भक्तपुरले निषेधाज्ञा र कर्फ्युलाई दिए निरन्तरता
फाइल तस्बिर ।

काठमाडौं । ललितपुर र भक्तपुरले निषेधाज्ञा र कर्फ्युलाई निरन्तरता दिएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुर र भक्तपुरले शान्ति, सुरक्षालाई ध्यानमा राखेर निषेधाज्ञा र कर्फ्युलाई निरन्तरता दिइएको जनाएका छन् । 

जनधनको सुरक्षा तथा सार्वजनिक सम्पत्तिको रक्षाका लागि जारी भएको निषेधाज्ञा तथा फर्फ्युलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम ललितपुर जिल्लाभर कर्फ्यु जारी गरिएको जिल्ला प्रसाशन कार्यालय ललितपुर र भक्तपुरले जनाएका छन् ।  

आज बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा र बेलुकी ७ देखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ । 

बिहान ६ देखि ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म अत्यावश्यक कामका लागि आवतजावत गर्न पाइनेछ । 

काठमाडौंमा नेपाली सेनाले लगाएको कर्फ्यु र निषेधाज्ञाको समय सकिएको छ । जिल्ला प्रशासन कार्यालयले भने बिहान साढे ९ बजेसम्म कुनै सूचना जारी गरेको छैन । 

547368061_1873325679883680_5614183261172352795_n-1757735368.jpg

543329376_1103400488650735_3057320581468363042_n-1757735368.jpg

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  ०९:३५
प्रतिक्रिया दिनुहोस्