site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कर्मठ नेता !

शंकरप्रसाद गौतम


म देशको कर्मठ नेता हुँ
सधैँ देश र जनताको भलो चिताउँछु 
सार्वभौमसत्ता र अखण्डता राख्ने नारा घन्काउँछु
जब म सत्तामा हुन्छु, सयौँ झोलेहरू
मेरो वरिपरि स्तुतिगान गाइरहेका हुन्छन्
आफ्नो स्वार्थसिद्धी पूरा गर्छन् 
दिन सधैँ एकनास रहन्न 
मसँग पैसा हुन्न, डन हुन्नन् 
म चुनाव हार्छु
विडम्बना,
झोलेहरू डेरा सर्छन्
सिनोजस्तै गनाउँछन्
जब मेरो मृत्यु हुन्छ,
मेराबारेमा हजारौँ शब्द खर्चिन्छन्
दुई थोपा गोहीका आँसु चुहाउँछन्
देवत्वकरण गराउने होडबाजी गर्छन् ।
 

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  ०७:०२
प्रतिक्रिया दिनुहोस्