site stats
बाह्रखरी :: Baahrakhari
खेल
श्रीलंकामा हुने साफ यू–१७ च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं । श्रीलंकामा हुने साफ यू–१७ पुरुष च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातदोबाटोस्थित एन्फा मुख्यालयमा टोलीको बिदाइ गरेको हो । एन्फाका अनुसार, उक्त टोली भने भोलि श्रीलंका प्रस्थान गर्नेछ । 

प्रतियोगतामा नेपाल समूह ‘ए’ मा छ । समूहमा नेपालसँगै श्रीलंका र बंगलादेश छन् । सात राष्ट्र समिलित यो प्रतियोगिताको समूह ‘बी’ मा भारत, भुटान, पाकिस्तान र माल्दिभ्स छन् । प्रतियोगिता आगामी सेप्टेमबर १५ देखि २७ सम्म हुनेछ । 

यस्तो छ टोली :  
पेम्बा नोर्बु भोटे, राम बोहोरा, विशेष बानियाँ, प्रशान्त मोक्तान, दीपेन कार्की, धीरज रावल, आदित्य रानामगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया, अनोज खड्का, प्रशान्त म्याङ्बो, राम थामी, कृष्त भण्डारी, प्रतिश थापामगर, भूपेश लामा, नसिब हेन्जन, सुशान मगर, सुजन स्याङतान  समीर कुमार, दिग्विजय शाही, निसकुमार श्रेष्ठ, रोहित श्रेष्ठ

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  २१:१४
प्रतिक्रिया दिनुहोस्