site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नयाँ नेपालको सपना पूरा होस् : गोल्छा
शेखर गोल्छा । फाइल तस्बिर ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ पूर्वअध्यक्ष शेखर गोल्छाले ‘जेनजी’को आन्दोलनले देशमा सकारात्मक परिवर्तन हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नवपुस्ताले देखेको नयाँ नेपालको सपना पूरा भए आफ्नो परिवारमा परेको प्रभावबाट निराश नहुने उल्लेख गरेका छन् ।

“केही व्यवसायीमाथि भएको बीभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो । तर, म र मेरो परिवार निराश वा विचलित भएको छैन । आजको सुनौलो बिहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामनासहित हामी पनि अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु,” उनले लेखेका छन् ।

अन्धकारपछिको उज्यालोले सबै नेपालीलाई सद्भाव र एकता कायम गर्न अझै बल मिलोस् भनेर उनले शुभकामना पनि दिएका छन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्