site stats
बाह्रखरी :: Baahrakhari
देश
रुपन्देहीमा निषेधाज्ञा र कर्फ्यु निरन्तर
बुटवलको दृश्य ।

बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा र कर्फ्यु आदेशलाई निरन्तरता दिएको छ । ‘जेनजी’को प्रदर्शन भड्किएपछि यहाँ निषेधाज्ञा र कर्फ्यु लगाइँदै आएको छ ।

प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले भदौ २७ गतेदेखि अर्को आदेश नभएसम्मका निम्ति निषेधाज्ञा र कर्फ्यु जारी गरेका हुन् । शुक्रबार राति ९ देखि शनिबार बिहान ६ बजेसम्म लागु हुने गरी कर्फ्यु आदेश जारी गरिएको छ । यो अवधिमा आवतजावत, सभा, जुलुस, प्रदर्शन, बैठक, धर्नजस्ता गतिविधि निषेध गरिएको छ ।

यस दिन बिहान ६ देखि राति ९ बजेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ । यो अवधिमा पाँच जनाभन्दा बढी भेला भई सभा, जुलुस, प्रदर्शन, धर्ना, धार्मिक तथा अरू कोणसभामूलक कार्यक्रम गर्न पाइने छैन ।

जिल्ला प्रशासन कार्यालयले आदेश उल्लंघन गर्नेमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १४:१३
प्रतिक्रिया दिनुहोस्