site stats
बाह्रखरी :: Baahrakhari
देश
लगानी र रोजगारी सुरक्षामा संवेदनशील हुन क्रसर महासंघको आग्रह

काठमाडौँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले उद्योगीहरूको लगानीलाई कानुनी संरक्षण गर्नुपर्नेमा जोड दिएको छ ।

महासंघका अध्यक्ष सीताराम न्यौपानेले विज्ञप्ति जारी गर्दै महासंघले कानुनसम्मत रूपमा व्यवसाय गर्ने नागरिक अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गरेका छन् । 

रोजगारी, स्वरोजगारी र सर्वसाधारणले तिरेको राजश्वको सदुपयोगबारे युवा पुस्ताले देखाएको चासोलाई सरकार, राजनीतिक दल र सम्बन्धित निकायहरूले संवेदनशीलतापूर्वक सम्बोधन गर्नुपर्ने उनको धारणा छ । 

देशको विद्यमान परिस्थितिमा जेनजी, नेपाली सेना प्रमुख, स्वतन्त्र नागरिक समाजका अगुवा तथा सुरक्षा निकायहरूले संविधानको रक्षा गर्दै आगामी दिनमा शान्ति, स्थायित्व र समृद्धि सुनिश्चित गर्ने विश्वास समेत महासंघले प्रकट गरेको छ ।

उद्योग–व्यवसाय सञ्चालन गरेर खान पाउने अधिकार संविधानले प्रदान गरेको भएको उल्लेख गर्दै महासंघले लगानी, रोजगारी, आम्दानी र राजश्वको सुरक्षा राज्यले गर्नुपर्ने आग्रह गरेको छ । “सामाजिक न्यायसहितको उच्च आर्थिक वृद्धिको वातावरण बनाएर मात्र मर्यादित रोजगारी र उच्च ज्याला सम्भव हुन्छ,” विज्ञप्तिमा भनिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १३:५०
प्रतिक्रिया दिनुहोस्