site stats
बाह्रखरी :: Baahrakhari
देश
धादिङ कारागारबाट भागेका ४३ कैदी नियन्त्रणमा, १३५ थान हतियार बरामद

काठमाडौं । नेपाली सेनाले झापामा शंकास्पद वस्तु ‘डिस्पोज’ गरेको छ । भद्रपुर नगरपालिका–८, हस्पिटल चोकमा फेला परेको शंकास्पद वस्तु सुरक्षितसाथ डिस्पोज गरिएको सेनाले जनाएको छ ।

यस्तै, काठमाडौंको महाराजगन्ज क्षेत्रबाट विभिन्न मोबाइल र विदेशी मुद्रासहित दुईजनालाई नियन्त्रणमा लिइएको छ ।

धादिङको गजुरीस्थित कारागारबाट भागेका मध्ये ४३ कैदीलाई नियन्त्रणमा लिइएको सेनाले जनाएको छ ।  हालसम्म विभिन्न स्थानबाट १३५ नाल हतियार बरामद गरिएको सेनाले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  ११:२९
प्रतिक्रिया दिनुहोस्