site stats
बाह्रखरी :: Baahrakhari
देश
जलाइएको कार्यालयबाट ट्राफिकले सुरु गर्‍यो काम, डिउटीमा फर्कंदै प्रहरी

काठमाडौं । नेपाली सेनाले शुक्रबार (भदौ २७) बिहान ६ देखि ११ बजेसम्म निषेधाज्ञा र कर्फ्यु फुकुवा गरेसँगै सडकमा चहलपहल बढेको छ ।

सार्वजनिक सवारीसाधन बन्द गरिएको छ । सडकमा अत्यावश्यक सवारीसाधन मात्र चलाइएको छ ।

मुख्य सडकमा छिटपुट ट्राफिक प्रहरी खटिन थालेका छन् । नेपाल प्रहरीले पनि आफ्नो डिउटी थालेको जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जलाइएको कार्यालयबाटै सेवा सुरु गरिएको जानकारी दिए ।

“ट्राफिक कार्यालय सञ्चालन गरेका छौँ । सरसफाइको काम भइरहेको छ । ट्राफिकहरूका डे«सहरू जलेका छन् । तयार गर्दै छौँ । मुख्यमुख्य सडकमा डिउटी पनि राख्दै छौँ,” उनले बाह्रखरीसित भने ।

काठमाडौं उपत्यकामा यस दिन बिहान ११ देखि बेलुका ५ बजेसम्म निषेधाज्ञा लागु गरिनेछ । त्यसपछि बेलुका ५ देखि ७ बजेसम्म अत्यावश्यक आवतजावतका निम्ति खुला गरिनेछ । बेलुका ७ देखि शनिबार (भदौ २८) गते बिहान ६ बजेसम्म कर्फ्यु लगाइनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १०:२९
प्रतिक्रिया दिनुहोस्